प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड पुगे बालुवाटार
काठमाडाैँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अध्यक्ष दाहाल केही बेरअघि बालुवाटार आइ पुगेका हुन् ।
स्रोतले भन्यो,‘अहिले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच अमेरिकी सहयोग परियोजना एमसीसीको पारित गराउने विषयमा छलफल भैरहेको छ ।’ प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा बालुवाटार पुगेका छन् ।
आजै बिहान माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायम राख्दै एमसीसी सम्झौतालाई निष्कर्षमा पुर्याउनुपर्ने निर्णय गरेको थियो ।
अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया