प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पुनः छलफल हुने
कांग्रेस ‘अर्लिइलेक्सन’मा जान चाहेमा एमालेको साथ रहने
फाइल तस्बिर
भक्तपुर - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पुन: छलफल हुने भएको छ । शुक्रबार अबेरसम्म छलफल गरेका नउनीहरूबीच आज पुन: छलफल हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारि दिए । कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ ।
यसअघि शुक्रबार पनि उनीहरूबीच छलफल भएको थियो । छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो ।
बालकोटस्थित ओली निवासमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया