एमसीसीको समस्या पनि समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ : दाहाल
फाइल तस्बिर
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिहेको बताएका छन् । शनिबार बिहान काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सजिलै गठबन्धनलाई जुट्न नदिने बताए ।
उनले यथास्थितिमा एमसीसी समर्थन गर्न नसकिने दोहोर्याए । तर, गठबन्धन जोगाउने र एमसीसी समस्या समाधानको विकल्पबारे छलफल भइरहेको बताए । ‘गठबन्धन सजिलै नटुटोस् भनेर हामी लागिराखेका छौँ,’ उनले भने, ‘एमसीसीको समस्या पनि समाधान होस् गठबन्धन पनि नटुटोस् भनेर छलफल भइराखेको छ । विकल्प खोजिरहेका छौँ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया