माधव नेपालको दाबी— ओली सरकारले एमसीसीलाई इन्डो-प्यासेफिकको अंग बनायो
फाइल तस्बिर
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली सरकारका तत्काललीन मन्त्री प्रदिप ज्ञवालीले नै नेपाललाई इन्डो प्यासेफिकको अंग बनाउने कागजमा सही गरेको दाबी गरेका हुन् ।
उनले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्याए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा भएको भन्दै उनले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने धारणा राखे ।
त्यस्तै अध्यक्ष नेपाले छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने जिकिर गरे । उनले एमसीसीका बाहानमा एमालेले षड्यन्त्र गर्न खोजेको टिप्पणी गरे । त्यस्तै अध्यक्ष नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरूलाई अपदस्थ गर्न खोजेको समेत उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया