दल

सहिदहरू परिवर्तनकारी आन्दोलनको ईतिहास: मन्त्री पौडेल

इकागज |
फागुन १४, २०७८ शनिबार १४:० बजे

फाइल तस्‍बिर

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरू परिवर्तनकारी आन्दोलनको ईतिहास भएको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्ताह कार्यक्रम अन्तर्गत काठमाण्डौको गोकणेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिन्न आन्दोलनमा सहिदहरूले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताए ।

उनले जनयुद्धले स्थापित गरेका मुद्धाहरू कार्यान्वयनका लागि निरन्तर लडिरहने समेत बताए । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गरे ।


'सहिदहरू आस्थाका धरोहर हुन्, उनले भने, 'राजनैतिक पार्टी, विचार वा सिद्धान्तले सहिदहरूलाई विभक्त गर्न मिल्दैन । जुनसुकै आन्दोलमा सहिद भएपनि सहिदहरूले देशकै लागि जीवन समर्पित गरेका हुन् ।'

नेता पौडेलले जनयुद्धमा सहिद भएकाहरूलाई आतकंकारी आन्दोलनको रूपमा परिभाषित गरेर अपमानित गर्न खोजिएको आरोप लगाए । सहिद र सहिद परिवारले गरेको त्याग उत्सर्गकै कारण राजतन्त्रको अन्त्य गरी मुलुक सघींय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाइ थियो ।

हाल नेपालका दलहरूको राजनैतिक अधिकार प्राप्तिका लागि पनि जनयुद्ध कोशेढुगां सावित भएको भन्दै उनले सबैखाले सहिद र उनका परिवारलाई समान व्यवहार गर्न आग्रह गरे ।

फरक प्रसगंमा उनले देशको सार्वभौम अधिकार देशले नै निणर्य गर्नुपर्ने भन्दै यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने धारणा व्यक्त गरे । उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियता भन्दा ठूलो एमसीसी हुनै नसक्ने बताए ।


Author

थप समाचार
x