‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादीकै चार नेताको असहमति
व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन: पोखरेल
फाइल तस्बिर
काठमाडौँ – व्याख्यात्मक घोषणासहित संसद्बाट एमसीसी अनुमोदन गर्ने निर्णयविरुद्ध माओवादी केन्द्रका केही नेताले असहमति जनाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आइतबार बिहान बसेको नेताहरूको बैठकमा केही नेताहरूले असहमति जनाएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार लिलामणि पौखरेलसहित देव गुरुङ, नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखलेलसिहतका नेताले व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णयविरुद्ध असहमति जनाएका हुन् ।
आइतबार बिहान बसेको माओवादी नेताको बैठकले एमसीसीमा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
माओवादी नेता लिलामणि पोखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नहुने इकागजलाई बताए । उनले कुनै पनि हालतमा एमसीसी स्वीकार्न नहुने बताए । 'यसले संशोधन पनि हुँदैन । व्याख्यात्मक टिप्पणीले कुनै अर्थ राख्दैन । यो जरुरी छैन,' उनले भने, 'आवश्यकता छैन । कुनै पनि हालतमा स्वीकार्न सकिँदैन ।'
यसअघि माओवादीले संशोधनविना एमसीसी अनुमोदन गर्न नसकिने अडान लिँदै आएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया