एमालेले आज पनि संसद् अवरोध जारी राख्ने
फाइल तस्बिर
काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेले अवरोध जारी राख्ने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार एमालेका माग सम्बोधन नभएकोले अवरोध जारी राख्ने भएको हो ।
'एमालेको कुनै माग सम्बोधन भएको छैन,' उनले भने, ' हाम्रो अवरोध जारी रहन्छ । एसमीसीबारे के गर्ने भन्ने विषयमा प्रवेशै गर्नु परेन ।' एमालेले झण्डै ६ महिनादेखि संसद्मा अवरोध गर्दै आएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि प्रस्तुत हुँदैछ । सत्ता गठबन्धनमा आवद्ध चार दलबीच सहमति बनेसँगै संसद्मा एमसीसीबारे छलफल हुने भएको हो । आजै बसेको गठबन्धन बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया