ओलीलाई विश्वप्रकाशको सुझाव: इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी पारित गर्न नेकपा एमालेल पनि साथ दिनुपर्ने बताएका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले एमसीसी अनुमोदन गराउन संसद्मा दर्ता गरेको भन्दै आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनुपर्ने ओलीको नैतिक कर्तव्य भएको बताएका हुन् ।
'केपी ओली प्रम रहेको सरकारले एमसीसी अनुमोदन गराउन संसदमा दर्ता गरेको प्रस्ताव यो बेला निर्णयार्थ पेश हुँदैछ ,' उनले भनेका छन्, 'आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उहाँको नैतिक कर्तव्य बन्दछ l इतिहासको नैतिक परीक्षामा विमतिले छेक्नु हुन्न !'
केपी ओलि प्रम रहेको सरकारले MCC अनुमोदन गराउन ०७६ असार ३० गते संसदमा दर्ता गरेको प्रस्ताव यो बेला निर्णयार्थ पेश हुँदैछ l आफैले दर्ता गरेको प्रस्ताव पारित गर्न साथ दिनु उहाँको नैतिक कर्तव्य बन्दछ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 27, 2022
इतिहासको नैतिक परीक्षामा श्रद्देय @kpsharmaoli लाई अन्य विमतिले छेक्नु हुन्न !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया