एमसीसीका केही बुँदा राष्ट्रघाती छन् : भीम रावल
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेकाे बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेता रावलले उक्त एमसीसी सम्झाैतामा रहेका केही बुँदाले नेपालकाे सार्भभाैम सत्तामा आच पुर्याउने बताए ।
उनले भने, 'यदि जबर्जस्ती एमसीसी एमसीसी पास भयाे भने यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्याउछ।'
गत भदौदेखि जारी अवरोध आइतबार पनि एमालेले जारी राखिएको हो। सभामुखले बैठक सुरु गर्नासाथ एमालेका सांसद्हरु बैठक अवरोध गर्नका लागि वेल घेराउ गर्न अघि बढेका थिए।
तर, एमालेले वेल घेराउ जारी राखे पनि सोही पार्टीका सांसद् रावलले भने सैद्धान्तिक छलफलमा भाग लिएका छन्। उनी रोस्ट्रममा पुगेर एमसीसीको विपक्षमा धारणा राखेका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया