एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सरकारले प्रष्ट पारिदिएको छ : सांसद भुसाल
काठमाडौं – नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीमाथि सरकारले व्यात्मक घोषणा गरेर प्रष्ट पारिदिएको बताएकी छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने बताएकी छन् ।
'यसले नेपालमा रोजगारी वृद्धि गर्नेछ। सडक विस्तार हुनेछ। विद्युत बढाउन सहयोग पुग्नेछ। जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ,' उनले भनिन् ।
उनले एमसीसी दुई पक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शीता भएको बताएकी छन् । त्यसैले उनले समय सिमाभित्रै यसको रकमलाई सदुपयोग गर्नूपर्ने धारणा राखेकी छन् । विश्वका ४६ देशमा यो परियोजना लागू भएकाले नेपालमा पनि लागू हुँदा देशको हितमै हुने बताएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया