दल

व्याख्यात्मक घोषणाले एमसीसीमा रहेका आशंका हटेको छ

इकागज |
फागुन १५, २०७८ आइतबार २०:५४ बजे

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एमसीसीका विषयमा गरिएको व्याख्यात्मक घोषणाले यसभित्र रहेका आशंका हटेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि जारी छलफलमा सहभागी हुँदै उनले आर्थिक सहायतका रुपमा मात्र  नभइ राजनीतिक विषय जोडिएर आएका कारण आशंका उत्पन्न भएकोमा अब आशंका हटेको बताएका छन् । 


‘आर्थिक सहायतका रुपमा स्वीकार गर्नुपर्छ। तर, त्यसभन्दा केही बाहिर गएर अन्य राजनीतिक विषय पनि जोडिएका थिए,’ बस्नेतले भने, ‘गठबन्धन दल र सरकारले त्यसभित्रका केही आशंकाहरु थिए । ती निवारण गर्ने काम भएको छ।’


Author

थप समाचार
x