दल

एमसीसी सम्झौता कार्यान्वयन गर्न दिँदैनौ- प्रकाण्ड

इकागज |
फागुन १८, २०७८ बुधबार १४:२६ बजे

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता  खड्गबहादुर विशवकर्मा 'प्रकाण्ड' ले एमसीसी सम्झौता कार्यान्वयन गर्न नदिने बताएका छन् । प्रकाण्डले पास गराएजस्तो सजिलो लागू गर्न नहुने र जनताले लागू गर्न नदिने बताएका हुन् ।

६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज काठमाडौँमा गरेको संयुक्त पत्रकार सम्मलेनमा बोल्दै प्रकाण्डले एमसीसी सबैभन्दा खतरनाक सम्झौता भएको बताए । उनले भने,  'एमसीसी सबैभन्दा खतरनाक सम्झौता हो, एमसीसीका पक्षमा दिपावली गर्नेलाई लाठा लगाउनुपर्ने बेला आएको छ ।' 


उनले एमसीसी गम्भीर राष्ट्रघाती सम्झौता भएको दाबी गरे । 'प्रतिनिधिसभाबाट पास भएपनि नेपाली जनताले यसलाई पारित गरेको छैन', उनले भने, 'हामी खारेज गर्ने पक्षमा छ।' 

एमसीसी खारेज नभएसम्म आफ्नो आन्दोलन जारी रहने प्रकाण्डले जानकारी दिए ।  एमसीसीविरुद्ध जागरण ल्याउन आन्दोलन जारी राख्ने उनले बताए । 


Author

थप समाचार
x