आउँदाे असार १-२ गते जसपाले विधान अधिवेशन गर्ने
फाइल तस्बिर
काठमाडौँ- जनता समाजवादी पार्टी नेपालले आउँदो १ र २ असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १ र २ असार २०७९ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार सोमबार बसेको बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही २८ फागुनमा संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया