एमसीसीविरुद्धको सभामा नारायणकाजीदेखि झलनाथ र भीम रावलसम्मलाई ल्याउने विप्लवको प्रयास
फाइल तस्बिर
काठमाडौँ - संसद्बाट एमसीसी अनुमौन भएपछि संघर्ष गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहितको मोर्चाले शुक्रबार काठमाडौँको खुलामन्चमा विरोध सभा गर्दैछ। ६ दल दुई मोर्चाको आयोजनामा हुने विरोध सभामा सत्तारुढ नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठदेखि एकीकृत समाजवादीका नेता झलनाथ खनाल र एमाले नेता भीम रावललाई पनि आमन्त्रणा गरिएको छ ।
चन्द नेकपाका एक नेताले दिएको जानकारीअनुसार विरोध सभामा श्रेष्ठ, खनाल र भीम रावलले पनि सम्बोधनका लागि अनुरोध गरिएको छ । उनीहरू आउने/नआउनेबारे भने यकिन भइसकेको छैन ।
'उहाँहरू पनि एमसीसी पारित भएकोमा असन्तुष्ट हुनुहुन्छ,' चन्द नेकपाका एक नेताले भने, 'तपाईहरू पनि विरोध सभामा आएर सम्बोधन गर्नुस् भन्ने हाम्रो प्रस्ताव हो । हामीले अनुरोध गरेका छौँ । अनिवार्य छैन ।उहाँहरूले आउने/नआउने जवाफ दिनुभएको छैन ।'
यही कुरा बुधबार मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता प्रकाण्डले पनि संकेत गरेका थिए । शुक्रबारको विरोध सभामा एमसीसी पारित भएपछि असन्तुष्ट रहेका सत्ता गठबन्धन र एमालेका नेता विरोध सभामा आउने उनको भनाइ थियो ।
बिहीबार नेकपा महासचिव विप्लवले माओवादी नेता श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई भेटेका थिए । शुक्रबार काठमाडौँ खुलामन्चमा ६ दल र दुई मोर्चा सम्मिलीत मोर्चाले एमसीसीविरुद्ध वृहत् विरोध सभा गर्दैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया