दल

सत्ता गठबन्धन बैठक

एमसीसी परियोजना ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य

इकागज |
फागुन १९, २०७८ बिहीबार १३:७ बजे

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ चार दलको बैठकपछि बोल्दै मन्त्री कार्कीले मसीसी परियोजनालाई ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको बताएका हुन् । 

उनले ५ वर्षभित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए। एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसीसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न उनले आग्रह गरे।


मन्त्री कार्कीले संसद् अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए । उनले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भुमिका र संसद् अवरोधका बारेमा छलफल केन्द्रित भएको बताए । मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, हवाइ उड्डयन जस्ता विधेयकहरूको बारेमा पनि छलफल केन्द्रित भएको बताए । त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए ।

‘एमसीसी संसद्‍बाट करिब एक मतले अनुमोदन भइसकेपछि ४ दलको बैठक भयो । बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी अनुमोदनका निमित्त योगदान गर्नुभएका सबैलाई धन्यवाद दिनुभयो,' उनले भने, 'विकसित राजनीतिक परिस्थितिको बारेमा पनि छलफद्य भयो । एमसीसी मेलम्ची जस्तो बनाउन सक्दैनौँ । पाँच वर्षमा हामीले यसलाई सम्पन्न गर्न सकेनौँ भने यो रकम फिर्ता जान्छ ।’


Author

थप समाचार
x