दल

बारको चुनावमा गठबन्धन गर्ने देउवाको तयारीमै शेखरको आपत्ति

इकागज |
फागुन १९, २०७८ बिहीबार १५:१४ बजे

काठमाडौँ : कांग्रेस सभापति शेबहादुर देउवाले नेपाल बार एसोसिएसनको निर्वाचनमा पनि चुनावी गठबन्धन गर्ने कुराप्रति कांग्रेस नेता डा.शेखर कोइरालालले आपत्ति जनाएका छन् । 

सत्ता गठबन्धन दलहरुले बारको चुनावमा गठबन्धन गरी निर्वाचन गर्ने चर्चा चलेसँगै शेखरले आपत्ति जनाएका हुन् । ट्विट गर्दै कोइरालाले विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएको महत्त्वपूर्ण भुमिका हुने भन्दै बारको चुनावमा डिलए एक्लै लड्नुपर्ने बताए । 


यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो। नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ, उनले भने । अन्य पार्टीसँग चुनावी तालमेल र गठबन्धन गरे डिलएको पेशागत मर्म र मर्यादामा आँच आउने कोइरालाले बताए । 


Author

थप समाचार
x