दल

लेखराजसँगै ओली समूहमा गएका प्रदेश सांसद जोशी दाहाल-नेपाल समूहमा फर्किए

इकागज |
फागुन २४, २०७७ सोमबार १४:१८ बजे

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशी दाहाल–नेपाल समूहमा फर्किएका छन् । उद्योगमन्त्री लेखराज भट्टसंगै ओली समूहमा गएका जोशी दाहाल-नेपाल समूहमा फर्किएका हुन । उनी भट्ट निकट मानिँदै आएका थिए ।

आज नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनकै निवासमा पुगेका थिए । उनी कञ्चनपुरबाट प्रदेशसभामा तत्कालीन माओवादी उम्मेदवार भई निर्वाचित भएका थिए ।



Author

थप समाचार
x