दल

सिराहामा कांग्रेसको जिल्ला अधिवेशन धाँधली भएको भन्दै नाराबाजी

सिराहामा-कांग्रेसको-जिल्

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

काठमाडौँ – नेपाली कांग्रेसको सिराहामा भएको जिल्ला अधिवेशनमा धाँधली भएको भन्दै नाराबाजी भइरहेको छ । निर्वाचन अधिकृत संजीव लामाले प्रहरी प्रशासनको आडमा निर्वाचन धाँधली गरेको भन्दै नाराबाजी भएको हो ।

उनीहरुले धाँधली भएको निर्वाचन रद्द गर, प्रहरी दमन बन्द गर भन्दै नाराबाजी गरेका छन् । उनीहरुले निर्वाचन अधिकृत लामाविरुद्ध समेत नाराबाजी गरेका छन् ।

निर्वाचन अधिकृत लामाले प्रहरी प्रशासनको आडमा केन्द्रीय सदस्य पदमनारायण चौधरी र निवर्तमान केन्द्रीय कोषाध्यक्ष सीता देवी यादवलाई भित्र जानसमेत नदिएको महाधिवेशन प्रतिनिधि सुवास चन्द्र यादवले जानकारी दिए ।

उनले भने, ‘भित्र निर्वाचन अधिकृतले प्रहरी प्रशासनसँग मिलेर फर्जी मत हालेर निर्वाचन धाँधली गर्दैछन् केन्द्रीय सदस्यहरुलाईसमेत भित्र जान दिइएको छैन् ।’

कांग्रेसको १६ जिल्ला अन्तर्गत आज सिरहामा पनि जिल्ला अधिवेशन भएको हो । सिरहामा सभापति पदका लागि संस्थापनपक्षबाट रामचन्द्र यादव र संस्थापनइतरबाट रामसुन्दर चौधरीको प्यानलनै चुनावी मैदानमा छन् ।



Author

थप समाचार
x