दल

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पदाधिकारी टुंग्यायो

इकागज |
फागुन २८, २०७८ शनिबार ९:११ बजे

सुर्खेत - नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले पदाधिकारी चयन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।

गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भए पनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन ।


माओवादी केन्द्र कर्णालीका अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट) लाई सर्वसम्मत चयन गरिएको छ ।

यस्तै, सह–सचिव वीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला), विर्खबहादुर थापा (मुगु), कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा)लाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यालय टिममा (रातो कामी)रुकुम  (प्रेम कटुवाल)दैलेख परेका छन् ।
 


Author

थप समाचार
x