बंशलाल जिताउन प्रेम लामाको आग्रह
चौतारा - नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले बंशलाल तामाङलाई जिताउन चौतारामा पत्रकार सम्मेलन गरी आग्रह गरेका छन् । पत्रकार माझ संक्षिप्त मन्तव्यमा उनलाई नेता मोहन बस्नेतले घोर अपमान गरेकाे भनी आपत्तिसमेत जनाए ।
लामाले एक विज्ञप्ति जारी गर्दै बंशलाललाई जिताउन अनुराेध गरेका छन् ।
विज्ञप्तिमा लामाले पार्टीमा विभेद, निषेध र गैर राजजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता हो भनेका छन् । उनले भनेका छन् 'आजको मुख्य चुनौती मूल्य, मान्यता र त्यागको राजनीतिलाई अपमानित र विस्थापित गरि व्यक्तिवादी र निजी स्वार्थको निरन्तर वर्चस्व कायम गर्न खोज्ने प्रवृतिविरुद्धको संघर्ष हो ।'
पत्रकार सम्मेलनमा नेता विष्णु खत्री र पुराना नेता राजेन्द्रमा ताल्चाभडेलले पनि प्रवृतिको अन्त्य हुने र विचारको विकास हुने वातावरण जनाएका थिए । सभापतिको चुनावी मैदानमा रहेका बंशलाल तामाङले सन्तुलित पार्टी निर्माण गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
काङ्ग्रेसको १४ औँ जिल्ला अधिबेशनमा ३ जनाको प्रतिस्पर्धा भएको थियो । कुल १८ सय ६७ मत खसेकोमा ३ जनाको प्रतिस्पर्धाबाट जंगबहादुरले ७ सय ५ बंशलालले ६सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत पाएका थिए ।
४० मत भने बदर भएको थियो । पार्टी विधानले व्यवस्था गरेअनुसार ५१ प्रतिशत मत नआएपछि पुन दाेस्रो चरणको निर्वाचन हुन लागेको हो । मतदान आज ११ बजे बाट सुरु हुने जिल्ला सभापति विकास लामाले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया