दल

बारा कांग्रेसको सभापतिमा राजेश राय यादव विजयी

इकागज |
फागुन ३०, २०७८ सोमबार ९:३२ बजे


काठमाडौँ - बारा कांग्रेसको सभापतिमा राजेश राय यादव विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनामा अर्का प्रतस्पिर्धी शम्भुबहादुर बुढाथोकीलाई पराजित गर्दै यादव विजयी भएका हुन् ।

दोस्रो चरणको मतदानमा यादवले १ हजार २ सय ६ मत पाएका छन् भने बुढाथोकीले १ हजार १ सय ५४ मत पाए। सभापतिमा निर्वाचित यादव र उनीसँग पराजित बुढाथोकी दुवै जना पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्।


गत बुधबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका तीन जना उम्मेदवारमध्ये पार्टीको विधान अनुसार कसैले पनि ५०  प्रतिशत बढी मत ल्याउन नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो।

दोस्रो चरणको मतदानमा कुल २ हजार ४ सय ८० मतमध्ये २ हजार ४ सय ८ मत खसेको थियो।  पहिलो चरणको मतदानमा तेस्रो स्थानको मत ल्याएर दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला र कृष्ण सिटौला समूहका उम्मेदवार रामानन्द यादवले राजेश राय यादवलाई समर्थन गरेका थिए। 


Author

थप समाचार
x