दल

जनताले सहजरूपमा न्याय पाउन नसकेपछि प्रधानन्यायाधीशमाथि महाअभियोग: सिंह

इकागज |
फागुन ३०, २०७८ सोमबार १०:४८ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले जनताले सहजरूपमा न्याय पाउन नसकेकोले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु परेको बताएका छन् । सोमबार काठमाडौँको मीनभवनमा ​कांग्रेसको एकमहिने 'घरघर जाउँ, कांग्रेस जिताउँ अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालय सुधारका लागि संविधान सम्वत् सुधारको प्रयास थालिएको बताए ।  न्यायालयको नेतृत्व असफल भएको उनको भनाइ छ ।

उनले कांग्रेस नेता-कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी र महाअभियोगबारे फैलाइएका अनावश्यक भ्रमबारे बुझाउनुपर्ने बताए । साथै कांग्रेसलाई नागरिकका के-कस्ता सुझाव छन् त्यो पनि संकलन गर्न उनले आग्रह गरे । 


गठबन्धन कांग्रेसको रहर नभइ परिस्थितिजन्य बाध्यता भएको भन्दै चुनावमा कसरी जाने भन्नेबारे पार्टीमा दुईथरि मत रहेको बताए । एक महिने अभियानबाट जनताले दिएको सुझावअनुसार कांग्रेसले यसबारे निर्णय गर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x