वैद्य नेतृत्वको माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने
काठमाडौँ – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । आउँदो वैशाख ३० गते तोकिएको उक्त निर्वाचन बहिस्कार गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको हो
यही फागुन २५ गतेदेखि २९ गतेसम्म बसेको उक्त पार्टीको केन्द्रीय समिति बैठकले महासचिव वैद्यले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मूल एजेन्डा रहेको बताइएको छ ।
वैद्यको उक्त प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग र स्वच्छ तथा निष्पक्ष निर्वाचनको सम्भावना नरहेको भन्दै बहिस्कार गर्ने निर्णय गरिएकाे उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया