दल

जसपाले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने

इकागज |
चैत १, २०७८ मंगलबार ६:२७ बजे

फाइल तस्बिर

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । 

जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय भएको छ । पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए । जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको पनि सो पार्टीले जनाएको छ ।


बैठकले समसामयिक राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने निर्णयसमेत बैठकले गरेको छ । जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ ।

 


Author

थप समाचार
x