दल

एमसीसीबारे कांग्रेसको पुस्तक : भ्रम र यथार्थ (पूर्ण पाठ)

इकागज |
चैत १, २०७८ मंगलबार ९:३६ बजे

काठमाडौँ- नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारेका भ्रम चिर्न पुस्तक प्रकाशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले प्रकाशन गरेको ४६ पृष्ठको पुस्तकमा एमसीसीबारे उठेको प्रश्न र छरिएका भ्रमबारे उल्लेख छ ।

पुस्तकको प्रस्तावनामै नेपालजस्तो मुलुकका लागि ऋणभन्दा अनुदान नै उचित हो भन्ने कुरामा दुईमत नभएको उल्लेख छ । किताबमा महँगो व्याजमा ऋण लिएको ठीक तर अनुदान लिएको बेठिक भन्ने तर्क राख्नेहरू हाम्रो अर्थनीति र वास्तविकताबाट हैन, दलीय राजनीति र स्वार्थकेन्द्रित सोचबाट प्रेरित उत्तेजना र भ्रमको राजनीति गरिरहेको आरोप लगाइएको छ । 


एमसीसीमार्फत अमेरिकाले नेपालमा सैन्य गतिविधि सञ्‍चालन गर्छ भन्ने भ्रमलाई किताबले खारेज गरेको छ । किताबमा भनिएको छ, ‘एमसीसी अनुदान सहायतामार्फत अमेरिकाले नेपालमा सैन्य गतिविधि संचालन गर्छ, अमेरिकी सेना आउँछन् भन्ने अफवाह पूर्णत गलत छ । अमेरिकाको एमसीसी सम्बन्धी कानून ’मिलेनियम च्यालेन्ज ऐन–२००३’ ले स्पष्ट रुपमा कुनै पनि सैन्य प्रयोजनका निम्ति एमसीसी अनुदान कोषको प्रयोग गर्न निषेध गरेको छ ।’ 

त्यस्तै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग नभएको समेत प्रष्टाइएको छ । एमसीसी अनुदान सहायता सम्झौतामा कुनै पनि दफामा हिन्द–प्रशान्त रणनीतिका बारेमा नलेखिएको पुस्तकमा उल्लेख छ । रकमबाट कुनै पनि सैन्य गतिविधि गर्न नपाउने कुरा उल्लेख भएको जनाइएको छ ।  एमसीसी सम्झौतामा नेपाली कांग्रेस मात्र नभइ प्रमुख सबै दलको संलग्नता देखाइएको छ । 

यस्तो छ किताब


Author

थप समाचार
x