दल

राप्रपाले गठन गर्‍यो भूतपूर्व सैनिकहरुलाई समेटेर संगठन

इकागज |
चैत १, २०७८ मंगलबार १८:४३ बजे

फाइल फोटो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो । 

परिषद्‌ घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट कोर्स करेक्सन गरिनुपर्ने बताए।


राप्रपाले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद् (राप्रपा)को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ । 

परिषद्को सहअध्यक्षमा डिबी थापा, सातवटा प्रदेशको प्रतिनिधित्व रहने गरी उपाध्यक्ष तथा इन्चार्जहरू, प्रदेश १ मा चन्द्रप्रसाद चापागाईं, मधेस प्रदेशमा रामबहादुर थापा, बागमती प्रदेशमा लवराज थापा मगर, गण्डकी प्रदेशमा रामकाजी राना मगर, लुम्बिनी प्रदेशमा ईश्वरीप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेशमा ईश्वर थापा छन् । 

यसैगरी सचिवमा केवेन्द्र जङ्ग गुरुङ, सानुराम कटवाल, सुवर्ण रोक्का, तानास शर्मा, रामबहादुर कार्की र कोषाध्यक्षमा विष्णुबहादुर गिरी छन् ।


Author

थप समाचार
x