भाषण र निर्णयका ठेलीले मात्र जनताका समस्या हल हुन्नन्- मन्त्री श्रेष्ठ
फाइल फोटो
काठमाडौँ - भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
कीर्तिपुर नगरपालिका–५ पागामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उनले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई सुझाव दिए ।
मन्त्री श्रेष्ठले भनिन्, `भाषण गर्दैमा, निर्णयका ठेली लेख्दैमा जनताका समस्या समाधान हुन्नन्, विगतमा जनप्रतिनिधिबाट आवश्यक पहल भएको देखिएन, त्यसैले पागाबासीले पूर्जा प्राप्त गर्न गणतन्त्र आउन पर्यो । लालपूर्जाको अभावमा राष्ट्रियताविहीन र मौलिक अधिकार उपभोग गर्नबाट अझै केही नेपाली बञ्चित हुन परेको अवस्था छ, अब त्यो छिट्टै अन्त्य गरिनेछ ।`
जनताले बनाएको मन्दिरमा गजुर लगाउन मात्र होइन, जग खन्ने कार्यमै संलग्न हुन जनप्रतिनिधिलाई सुझाव दिँदै उनले जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गरिन् ।
त्यसक्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद राजेन्द्र केसीले पिता पुर्खाबाट जग्गाको हक हस्तान्तरण भए पनि लालपुर्जा नहुँदा खेप्न परेका यावत समस्या पुर्जा प्राप्त भएसँगै समाप्त भएको बताइन् ।
प्रदेशसभा सदस्य पुकार महर्जनले पुर्जाका अभावमा घर बनाउँदा नक्सा पास, ऋण लिन धितो, हक हस्तान्तरण गर्न समस्या झेल्दै आएका स्थानीयवासीलाई लालपुर्जा प्राप्त भएसँगै ती कार्य गर्न सजिलो भएको धारणा व्यक्त गरिन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया