टाेल समितिबाटै संगठन सुदृढीकरण गर्न कांग्रेसले लागू गर्याे नयाँ नियम
कांग्रेसका टोल समिति सदस्यले नियमित ५० जनासँग दु:खसुख साट्नुपर्ने
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसले चैत ११ गतेसम्म स्थानीय तह गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमितिलाई पूर्णता दिन परिपत्र गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै पहिलो पटक कांग्रेसले १४औँ महाधिवेशन संघीय ढाचा अनुरुप गरेका छ । अधिवेशन भइसकेका स्थानीय तहलाई पूर्णता दिन कांग्रेसले परिपत्र गरेको हो ।
स्थानीय तहलाई बलियो बनाउने अभिप्रायले कांग्रेसले वडा र पालिकामा विधानले तोकेअनुसारको कार्यसमितलिाई पूर्णता दिन निर्देशन दिएको हो । नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहित)को गाउँपालिकाको हकमा धारा ६ (२)(ख) र ङ तथा नगरपालिकाको हकमा ७ (२) (क) (२) र (४) बमोजिम मनोनीत गर्नुपर्ने पदहरुमा अविलम्ब मनोनयन गरी जिम्मेवारी प्रदान गर्ने उल्लेख छ ।
सो अनुसार निकटतम प्रतिद्धन्द्धी स्वत कार्यसमितिको सदस्य रहने, कार्यसमितिमा एक तिहाइ महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपागंता भएका वा अल्पसंख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी क्रियाशील सदस्यहरुमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत मनोनीत गर्न सक्ने व्यस्था छ ।
विधानको धारा ६७ बमोजिम कार्यसमितिमा युवा (१८ ३०) वर्षका १५ प्रतिशत प्रतिनिधित्व हुन नसकेको भए कार्यसमितिमा १५ प्रतिशत युवाको प्रतिनिध्त्वि गराउनु पर्नेछ ।
टोलसमिति गठन र यसका काम
त्यसैगरी टोलसमिति तत्काल गठन गर्न पनि कांग्रेस केन्द्रीय कार्यलयले निर्देशन दिएको छ । विधानको धारा ५ बमोजिम गठन गर्नुपर्ने टोल समिति गठन गरिनसकेको भए बढीमा १५ जनाको टोल समिति गठन गरी चैत ११ भित्र पालिका कार्यसमितिलाई विवरण पठाउन भनिएको छ ।
घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको समयावधि भित्र टोल कार्यसमितिहरुको बृहत भेला बोलाइ टोल समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न पनि कांग्रेसको निर्देशन छ ।
टोल समितिको बैठक हरेक महिना बस्नुपर्नेछ । टोल समितिले आफ्नो टोलभित्र रहेका कांग्रेस सदस्यहरुको विवरण, मतदाताको विवरण, नयाँ मतदाताको अद्यावधिक विवरण राख्न लगाइ समय समयमा उनीहरुको घरमा पुग्ने समस्या सुन्ने, संवाद गर्ने, पार्टीका गतिविधिबारे जानकारी गर्न गराउन प्रेरित गर्नेछ ।
टोल कार्यसमितिलाई टोलभित्रको घर धुरी संखया, घर मुली र परिवारका सदस्यको पेसा व्यवसाय, नेपालभित्र र बाहिर रोजगारीको सिलसिलामा गएको भए सो को विवरण लगायत टोलको विस्तृत विवरण संकलन गर्नेछ ।
टोल कार्यसमितिका सदस्यले निश्चित घरधुरी (१० वटा घर) या मतदाता संखय (५०)बाँडफाँड गरी ती मतदातासँग नियमित भेटघाट गर्ने र दुखसुखमा समेत सामेल हुनुपर्नेछ ।
कार्यसम्पादन समिति गठन
नेपाली कांग्रेसले चैत ११ भित्र पालिकास्तरीय कार्यसम्पादन समिति गठन गर्न निर्देशन दिएको छ । विधानको घारा (६)६ गाउँपालिका वडा कार्यसम्पादन समिति र ६(७) बजोजिम नगरपालिका, उपमहानगपालिका र महानगरपालिका वडा कार्यसम्पादन समिति गठन गर्नुपर्ने छ ।
कार्यसमिति सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव कार्यसम्पदान समितिमा पदेन रहने र कार्यसमितिका सदस्यहरुबाट समावेशी सिद्धान्तअनुरुप गाउँपालिका र नगरकार्यपालिकाको हकमा पदेन बाहेक नौ जना र उपमहानगरपालिकाको हकमा १२ जना र महानगरपालिकाको हकमा १५ जना पदेन सदस्यबाहेक कार्यसम्पादन समितिमा रहनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया