आगामी निर्वाचनमा कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ- प्रवक्ता महत
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताएका हुन् ।
महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केही व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले एमसीसी मुलुकको हितमा नै रहेको तर केही दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए । मुलुकको विकासका लागि एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनको भनाई छ ।
उनले जनतामाझ सही सूचना र एजेण्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जित निश्चित हुने उल्लेख गे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया