लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु - पूर्वप्रधानमन्त्री नेपाल
फाइल फोटो
गोरखा - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पु¥याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पु¥याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताएका हुन् ।
लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले गुनासो गरेपछि उनले राजधानी फर्किएर खानेपानी मन्त्रीलाई समस्याको जानकारी गराउने बचन दिएका हुन् । `लाप्राकसम्म पुग्न सडकमा ढल, बाटो निर्माणको काम त भइरहेको छ`, उनले भने, `यसलाई अझैँ गति दिनुपर्ने आवश्यकता छ ।` उनले लाप्राकसम्म नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन जडान छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।
विकासका लागि जनता पनि चनाखो हुनुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालले जोड दिए । `विकासका लागि सरकार र मन्त्रीलाई घचघच्याउने काम मेरो हो`, उनले भने, `तपाईहरु पनि लाग्नुस, सामूहिकतामा काम गर्न सकियो भने विकास सजिलै हुनसक्छ ।`
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया