नेकपा केन्द्रीय कमिटी बैठकः आज विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै
काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा शुक्रबारबाट सुरु १२औ पूर्ण बैठकले आगामी रणनीति तय गर्ने छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार दोस्रो दिन आज महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकले आसन्न स्थानीय तहको निर्वाचनबारे निर्णय गर्नेछ ।
नेकपामा आगामी निर्वाचन सदुपयोग गर्ने वा बहिस्कार भन्ने विषयमा मतान्तर छ । पार्टीका अधिकांश नेता-कार्यकर्ताले निर्वाचन बहिस्कार गर्नुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया