दल

अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्छ : ओली

इकागज |
चैत ५, २०७८ शनिबार १२:१२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताए । 

अब हुने स्थानीय तहको चुनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने उनको भनाइ थियो । अब २० हजार भन्दा बढी जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढी पालिकामा एमालेले विजय हासिल गर्नुपर्ने ओलीले दाबी गरे । 


त्यस्तै अध्यक्ष ओलीले स्यालहरूको मोर्चा कसेर हात्ती सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौवैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए । गठबन्धनलाई जनताको आँगनमा पछारिदिने उनले बताए । 

ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । 

'पोहोर/परार कांग्रेस २३ मा झरेको होइन ? अब १३ मा झार्दिनुपर्छ,' उनले भने, 'बुढाबुढीले कांग्रेसलाई भोट हाल्दैनन् । भत्ता खाइराख्या हुन्छन् कि कांग्रेसलाई भोट हाल्ने ? युवाले पनि भोट हाल्दैनन् । गृहिणीले पनि हाल्दैन ।' 


Author

थप समाचार
x