दल

दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सीमित - ओली

इकागज |
चैत ५, २०७८ शनिबार १५:३१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि सीि विचार लिएर जनतामाझ जानुपर्ने बताएका हुन् । 


उनले समृद्ध नेपाल, सुखी नेपाली भन्नु नै जनताको बहुदलीय जनवादको रूपान्तरण  भएको तर्क गरे । 

केहीलाई समृद्ध नेपाल, सुखी नेपाली नारा नै मन नपरेको र यसलाई परिवर्तन गर्न खोजेको उनले बताए । 

अध्यक्ष ओलीले दरबार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक गरिएको र कसैले त्यसबेला प्रश्न समेत उठाउन नसकेको भन्दै दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्ड रहस्यमै सीमित हुन पुगेको धारणा पनि राखे । 

कार्यक्रममा मदन भण्डारी फाउण्डेशनसँग सहकार्य गर्दै आएका त्रिभुवन विश्व विद्यालयका विभिन्न बिभागका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x