दल

माओवादीमा कर्मचारीको जस्‍ताे भूमिकामा बस्नु ठिक लागेन : ठम्मर बिष्ट

इकागज |
चैत ५, २०७८ शनिबार १६:२६ बजे

फाइल फोटो

सुर्खेत : मन्त्री पद नपाएको झोकमा सांसद पद र पार्टी छाडेका ठम्मर बिष्टले माओवादीमा कर्मचारी भएर बस्न आवश्यक नलागेको टिप्पणी गरेका छन् । प्रदेश सरकारमा सहभागी हुनुपर्ने व्यक्ति नभएको, तर मन्त्री बनाउनै नहुनेलाई मन्त्री बनाएर आफूलाई उपहास गरेको भन्दै बिष्टले घुमाउरो शैलीमा राजीनामा दिएको कारणबारे मुख खोलेका छन् । 

तत्कालीन नेकपामा रहँदा पनि ठम्मर बिष्टले माओवादी छाडेर एमाले लाइनमा लागेका थिए । तर पछि माओवादी केन्द्रका नेताहरुले मन्त्रीको आश्वासन दिएर पार्टीमा फर्काएका थिए । राजिनामा पत्र पेश गरेको एक सातापछि कर्णाली प्रदेशसभा सदस्य विष्टले शुक्रबार प्रदेशसभा सदस्य छाडेको सनाखत गरे । 


नेकपा माओवादी केन्द्र संसदीय दलले भने विष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन तीनदिने अल्टिमेटम दिएको थियो । तर विष्टले पार्टी छाड्ने निर्णयलाई सभामुख राजबहादुर शाहीसामु सदर गरे । 

संघीय संरचनाअनुसार जसरी सरकार अघि बढ्नुपथ्र्याे त्यो अनुसार अघि बढ्न नसकेको उनले बताए । ‘नयाँ व्यवस्थामा जसरी जानुपथ्र्याे, त्यो गएन बेथिति बढ्यो र मैले खबरदारी गरे त्यो नियन्त्रित भन्दा पनि अनियन्त्रित हुँदै गयो’  विष्ट भन्छन्, ‘नआउनुपर्ने मान्छे आउने र आउनुपर्ने मान्छे नआउने, प्रणालीको विकास भयो ।’

पछिल्लो समय एमसीसीको गतिविधिमा पनि खवरदारी गरिरहँदा पनि यी विषयहरु नियन्त्रत हुनुको साटो झनै अनियन्त्रिततर्फ अघि बढेको उनको भनाई छ । ‘यी सबै कुराहरुमा नियन्त्रित भएर नजाँदा, फगत एउटा कर्मचारीको जस्तो भूमिकामा बस्नु ठिक लागेन, जनप्रतिनिधिको भुमिकामा हामीले ठिक ढंगले निर्वाह गर्छाै जस्तो लागेन’  उनी भन्छन्, ‘त्यस आधारमा नैतिकताको धरातलमा उठेर मैले राजिनामा दिनुपर्छ भन्ने निस्कर्षमा पुगे ।’

नेकपा माओवादी केन्दबाट कर्णाली प्रदेश सभा सदस्य समेत रहेका ठम्मर विष्टले सांसद पद सहित पार्टीबाट राजीनामा दिएपछि पार्टीभित्र तरंग पैदा भएको छ । पार्टीले गरेको एमसीसीको समर्थन र कर्णाली सरकारले चालेका कदमको कारण राजीनामा बुझाएको विष्टले बताए । 

यसअघि नेकपा फुट्दा पनि एमालेतिर लागेका बिष्टलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटार निवासमा बोलाएर मन्त्री बनाउने आश्वासनमा पार्टीमा फर्काएका थिए । तर कर्णालीमा जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठन हुँदा बिष्टलाई छाडेर हुम्लाका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी आक्रोशित भएर माओवादी पार्टी छाडेका हुन् । 


Author

थप समाचार
x