समाजवाद, विकास र समृद्धिका लागि पार्टी लागिपरेको छ: अध्यक्ष नेपाल
फाइल फोटो
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टी बनाउने बताएका छन् ।
गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
`हामीले जनसेवाको भावनाले ओतप्रोत भएर गरिब र दीनदुःखी जनता, विपन्न, बेसहारा, दलित र अत्याचारमा परेका नेपाली तथा जुनसुकै वर्ग समुदायका देशभक्त नेपालीको हितको कल्याण गर्ने पार्टी निर्माण गर्नुपर्छ`, उनले भने, `यो पवित्र भावले लाग्दाखेरी यो पार्टीको भविष्य रहन्छ ।`
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो लागेको बताउँदै आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको छ भने ।
`नक्कली सोच र विचारले केही हुनेवाला छैन, अबको स्थानीय तहको चुनावले त्यसको फैसला गर्नेछ`, उनले भने, `एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।`
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया