दल

विकास निर्माणका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर- गृहमन्त्री खाण

इकागज |
चैत ५, २०७८ शनिबार २१:४२ बजे

फाइल फोटो

रुपन्देही - गृहमन्त्री बालकृष्ण खाणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन् । 

शनिबार रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै उनले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिए । 


उनले यहाँको खानेपानी समस्या समाधान, पर्यटन विकासलगायतका क्षेत्रमा सङ्घीय सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए । 

मुस्कानसहितको प्रहरी, सम्मानसहितको प्रहरी सरकारको अभियान रहेको बताउनुहुँदै मन्त्री खाणले राष्ट्रसेवक सबै कर्मचारीले बफादार भएर आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए । 

इलाका प्रहरी कार्यालयको स्तरवृद्धि गरी क्षमता पनि विस्तार गरिने सो अवसरमा मन्त्री खाणले बताए । 

नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकासहित कालीगण्डकी बेँसीका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, धार्मिक  तथा पर्यटन क्षेत्रका विषयमा समेटिएको मागपत्र गृहमन्त्री खाणलाई हस्तान्तरण गरे । 

कूल पाँच करोड ८७ लाख ३७ हजार ४९५ को लागतमा सो चारतले भवन निर्माण भएको हो । 

यस नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि हाल यसै भवनबाट सेवा प्रवाह भइरहेको छ । 

आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यहीँ भवनबाट सञ्चालन भएको छ । 


Author

थप समाचार
x