एमाले उपाध्यक्ष पौडेल चीन भ्रमणमा
काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टाेली चीन भ्रमणमा प्रस्थान गरेको छ ।
चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन जान लागेका हुन् । एमाले प्रतिनिधिमण्डल टाेली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत सोमबार बिहान चीन जान लागेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमालेका उपाध्यक्ष पौडैल, नेताहरु काशीनाथ अधिकारी, पुष्प कँडेल र मिना रखाल एक साता चीन भ्रमणमा जान लागेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया