दल

देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्धः महामन्त्री शर्मा

इकागज |
चैत ७, २०७८ सोमबार १५:१९ बजे

फाइल फोटो

चितवन - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताएका छन् । 

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताएका हुन् । 


महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाए । जनादेशको अपमान गर्दै एमालेले संसद् भङग गरेको उनले बताए । 

उनले भने, `सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कस्ले गरेको छ ।` फरक प्रसङ्गमा बोल्दै उनले केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताए । 

उनले भने, `निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकले निर्णय गर्छ ।` 

महामन्त्री शर्माले स्थानीय तहको राय सल्लाहाविना केन्द्रले निर्णय नगर्ने बताउँदै विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताए । 

उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति दिन भन्दा बिग्रिएको, भत्किएको घर मिलाउन सुझाब दिए । 

उनले भने, `पहिला उनले आफ्नो घर सम्हाल्ने कसरी भनेर चिन्ता गर्नुपर्छ ।`  रासस


Author

थप समाचार
x