दल

संसद् विघटनबारे सर्वोच्चको फैसला गलत भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छः भुसाल

इकागज |
चैत ८, २०७८ मंगलबार १३:३६ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् विघटनबारे सर्वोच्च अदालतले गरेको फैसला गलत छ भनेर जाँदा संविधान भत्किन सुरु हुने बताएका छन् । मंगलबार काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने बताएका हुन् ।संसद् विघटन र पुनःस्थापना इतिहासको घटना भइसकेको भुसालको भनाइ छ ।

‘पुस ५ मा गरिएको विघटन स्वयं अदालतले खारेज गरिदिएको छ । संविधान रहेसम्म यो उल्टिँदैन । अब विघटन हुने सम्भावना छैन,’ उनले भने, ‘यदि सर्वोच्चको त्यो निर्णय(फैसला) गलत छ भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छ ।  त्यो अदालतले टुंग्याइसक्यो । इतिहास भइसक्यो ।’



Author

थप समाचार
x