सरकार छाड्न दाहाल-नेपाललाई कांग्रेस केन्द्रीय सदस्य भट्टराईको चुनौती
दमौली - नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकार छाड्न चुनौती दिएका छन् ।
तनहुँको आँबुखैरेनीमा कार्यकर्ता पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा बसेर द्वैध चरित्र देखाएको भन्दै दुई नेतालाई सरकार छोड्न चुनौती दिएका हुन् । 'सरकारमा बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिँड्ने ?' उनले प्रश्न गरे, ''एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ ?'
एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न उनले चेतावनी दिए ।
आँबु २ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरुनसहित ३० कार्यकर्ता कांग्रेस प्रवेश गरेको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया