पार्टीले टिकट दिए फेरि कैलाली-५ बाट चुनाव लड्छु : डा. आरजु राणा देउवा
कैलाली - नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीले टिकट दिए फेरि कैलाली क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएकी छन् । बिहीबार देउवा निवास धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. देउवाले गत निर्वाचनमा जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि यहीँ क्षेत्रबाट चुनाव लड्ने बताएकी हुन् ।
'म यहाँका जनतासंग म भिजिसकेको छु । त्यसैले यही चुनाव लड्छु,' उनले भनिन्, 'मलाई यही ठाउँ मनपर्छ । ०७४ को चुनावमा तीन/चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन ।'
नेतृ देउवाले एउटा घर-परिवारबीच सानातिना मनमुटाव हुनु सामान्य बताउदै काँग्रेसको आन्तरिक चुनावका मनमुटाव आम चुनावमा प्रकट नहुने विश्वास गरिन् । नेतृ देउवाले ३६४ दिन काँग्रेस हुनेहरुले भोट हाल्ने दिन ३६५ औ दिनमा पनि काँग्रेसलाई भोट हाल्न आग्रह गरिन्।
काँग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दाबी गर्दे नेतृ देउवाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि काँग्रेसकै पालामा भएकोले जनताले् काँग्रेसलाई नै भोट दिनपर्ने बताइन् ।
उनले् स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन् । 'संविधान अनुसार तोकिएकै समयमा चुनाव हुन्छ,' उनले भनिन्चु, 'चुनाव हुन्न भन्ने हल्लाका पछाडि लाग्नु हुन्न ।
नेतृ देउवाले अहिलेका सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने पनि बताएकी छन् । एमाले विभाजित भएको बेला काँग्रेस एक्लै लड्न किन डराएको भन्ने प्रश्नमा उनले भनिन्, 'एमाले मात्र छैन अरु पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ । काँग्रेस लोकतान्त्रिक पार्टी हो । गठबन्धन गर्ने/नगर्ने बारे बहस भएका छन् । हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया