दल

स्थानीय तह निर्वाचन

एमालेले चुनावी तालमेलको विकल्प खुला राख्ने

९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने

इकागज |
चैत १०, २०७८ बिहीबार ११:६ बजे

फाइल तस्‍बिर

काठमाडौं - नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवाश्यक्ता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ ।

काठमाडाैंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवाश्यक्त परेको खण्डमा तालमेल गर्न सकिने विकल्पका बारेमा छलफल सुरु गराएका छन् ।


शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आंकलन गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले ‘मूलत: एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने’मा जोड गरे पनि तालमेललाई भने नकारेका छैनन् ।

‘स्थानीय वास्तविकता र आवाश्यक्ताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने’ विकल्प खुला राख्दै ओलीले सो तालमेलका बारेमा प्रदेश कमिटीलाई जानकारी मात्र होइन, सहमति पनि लिनुपर्ने निर्देशन दिएका छन् ।

९ वैशाखमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने

एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ ।

आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणा पत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्, जसलाई आजैको बैठकले अनुमोदन गराउनेछ ।

‘पार्टीको केन्द्रिय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणा पत्र सार्वजनिक गर्ने, यो काम पार्टी स्थापना दिवस ९ वैशाख २०७९ का दिन गर्ने,’ ओलीले केन्द्रीय कमिटीले गर्नुपर्ने कार्यका बारेमा प्रस्ताव गरेका छन् ।

त्यसो त केन्द्रीय कमिटीले चुनावी घोषणा पत्र बनाउने जनाए पनि स्थानीय तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।


Author

थप समाचार
x