दल

उम्मेदवारको सिफारिस चैत मसान्तसम्म गर्न एमालेको निर्देशन

इकागज |
चैत १०, २०७८ बिहीबार १६:९ बजे

फाइल फोटो

काठमाडौं- एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए । 


पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेदवार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेदवारको छनोट गर्नेछ । 


Author

थप समाचार
x