पौडेल पक्षको भेला : शशांक गए, शेखर र प्रकाशमान गएनन्
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् ।
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिनका लागि पौडेलले बोलाएको बैठकमा कोइराला र सिंह अनुपस्थित भएका हुन् ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि राय माग्नका लागि बोलाएको बैठकमा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन् । बैठक जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया