दल

पार्टीमा समानान्तर समिति बनाउने जनाउ दिन शेखरले देउवालाई भेटे

१४ गते तरुण दल र नेविसंघकाे भेला

इकागज |
चैत ११, २०७८ शुक्रबार १८:० बजे

काठमाडौँ– पार्टी र सरकारमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला समूहले पार्टीमा समानान्तर समिति बनाउने बताएको छ । १४औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । 

उनीहरूबीच बिहान ९ बजेदेखि आधा घण्टा संवाद भएको बताए ।  शेखरले आफूलाई समर्थन गर्ने नेता तथा कार्यकर्ताले समानान्तर समिति बनाउन दबाब दिएको भेटमा भनेका थिए । दुईओटा भ्रातृ संगठनको अध्यक्ष नियुक्तीमा देउवाले एकलौटी सभापति नियुक्त गरेपछि कोइराला पक्षले देउवाले एकलौटी ढंगले निरन्तर अघि बढ्ने अभ्यासमा रहेको निष्कर्ष निकालेको हो । 


भेटमा कोइरालाले देउवालाई ‘पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने कुरामा मात्र मेरो साथ हुन्छ’ भनेका थिए । कोइरालाले देउवाको कार्यशैली पर्खेर हेरेको तर देउवा निरन्तर एक्लै बढेको र त्यो पछिल्लोपटक भ्रातृ संगठनका अध्यक्ष नियुक्तीमा पनि देखिएको भनेका थिए । 

जवाफमा देउवाले पार्टीमा सबैलाई समेटेर अघि बढ्न आफू प्रतिवद्ध रहेको भन्दै अब छलफल गरेर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए । 

थपलियाका अनुसार, देउवा र कोइराला एक्लाएक्लै (वन–अन–वन) वार्ता भएको थियो । 

यसैबीच, तरुण दल र नेपाल बिद्यार्थी संघमा अध्यक्ष नियुक्तको बिरुद्धमा शेखर समुहको तरुण विद्यार्थीले चैत १४ गते भेला बोलाएका छन् । 


Author

थप समाचार
x