दल

निर्वाचनमा गठबन्धन आवश्यक छ - सञ्चारमन्त्री कार्की

इकागज |
चैत ११, २०७८ शुक्रबार २०:१६ बजे

फाइल फोटो

विराटनगर - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठबन्धन आवश्यक रहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ’ भने । 


मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताए । 

‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उहाँले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताए । 

कांग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिए । 

    


Author

थप समाचार
x