सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता
सर्लाही - गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् ।
शनिबार आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन् ।
गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।
गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका न् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया