दल

सत्ता गठबन्धन नभत्किने गरी निर्वाचनमा तालमेल गर्न लेखकको सुझाव

इकागज |
चैत १४, २०७८ सोमबार १५:२० बजे

फाइल फोटो

काठमाडौँ - कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनको बैठक चलिरहेको छ । आजको बैठकमा नेपाली काँग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने  भनाइ राखेका छन् ।

सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै  सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने उनले बताए ।  


उनले भने, `हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरि पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।` 

काँग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनको भनाइ छ । तर गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको मनोविज्ञनलाई पनि ख्याल गर्नुपर्ने लेखकले बताए ।

`स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नपर्छ । केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न । तल्लो तहको भावना र स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ ।`


Author

थप समाचार
x