दल

स्थानीय निर्वाचन:  सबैभन्दा बढी दल काठमाडौँमा कम मनाङ र मुस्ताङमा

इकागज |
चैत १४, २०७८ सोमबार १६:३० बजे

फाइल फोटो

काठमाडौँ - स्थानीय तहको निर्वाचनमा काठमाडौँबाट सबैभन्दा बढी दलले निर्वाचनमा भाग लिने भएका छन् । 

आज आयोगले पत्रकार सम्मेलनमा जानकारी दिँदै काठमाडौँमा राष्ट्रिय दलबाहेक ४० दलले निर्वाचनमा भाग लिने बताएको छ । 


राष्ट्रिय ६ दलसहित काठमाडौँमा ४६ दलले निर्वाचनमा भाग लिने भएका हुन् । यसका अलावा पनि केही स्वतन्त्र उम्मेदवारहरुलाई पनि मतपत्रमा समेट्नुपर्ने आयोगले जनाएको छ । 

यसैगरी सबैभन्दा कम दल मनाङ  र मुस्ताङमा रहेका छन् ।  मनाङ  र मुस्ताङमा राष्ट्रिय दलबाहेक ५ दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् । यो सँगै ११ दल मनाङ  र मुस्ताङमा रहेका छन् ।   

आयोगमा राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ । तीमध्ये दलहरुको विभिन्न जिल्लामा भएका सम्पर्क कार्यलयका आधारमा आयोगले निर्वाचनमा ती दलहरुलाई समेटेको हो ।    


Author

थप समाचार
x