जनसंख्यामा ६ लागि बढी महिला, मतदाता नामावलीमा पुरुषभन्दा २ लाख ५० हजार कम
फाइल फोटो
काठमाडौँ - नेपालको राष्ट्रिय जनगणना अनुसार नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा ६ लाख बढी छ । तर, मतदाता नामावलीमा भने पुरुषको तुलनामा महिलाको संख्या २ लाख कम देखिएको छ ।
निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको मतदाता नामावलीमा पुरुषभन्दा महिला २ लाख ५० हजार ५७० ले कम देखिएको हो ।
राष्ट्रिय जनगणनामा ६ लाखले बढी भएको महिलाको संख्या मतदाता नामावलीमा कम हुनु अध्ययनको विषय भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलनमा कुनै कसर बाँकी नराखेको तर, महिलाको संख्या मतदाता नामावलीमा कम देखिनु अध्ययनको विषय भएको आयोगका पवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
`जनसंख्याको आधारमा हेर्ने हो भने मतदाता नामावलीमा केही मात्रामा महिलाको संख्या नै बढी हुनुपर्ने हो`, निर्वाचन आयोगका प्रवक्ता पौडेलले भने, `आयोगले किन हो भन्ने कुरा अध्ययन गरेको छैन् ।`
आयोगले भन्दा पनि महिला मतदाता किन कम भए भन्ने कुरा विज्ञहरु, सरोकारवाला र नागरिक समाजले अध्ययन गर्नुपर्ने उनले बताए ।
नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ ।
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देशभरि महिलाको सङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ रहेको छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ।
पुरुषभन्दा महिलाको सङ्ख्या ६ लाख ९,८५८ जनाले बढी छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया